काठमाडौं । आईसीसी ओडीआई टिम वरीयतामा नेपाली क्रिकेट टोली एक स्थान माथि उक्लिएको छ ।

आईसीसीले बिहीबार अद्यावधि गरेको नयाँ वरीयताअनुसार नेपाल १७औं स्थानबाट १६औं स्थानमा उक्लिएको हो ।

नेपालभन्दा माथि रहेको नामिबिया एक स्थान खस्किएका कारण नेपाल माथि उक्लिएको हो । नेपाल र नामिबियाको रेटिङ अंक भने समान २८ रहेको छ ।

नेपालले एसीसी प्रिमियर कप जितेयता कुनै ओडीआई खेल खेलेको छैन । नेपालले अब आइतबार लिग २ अन्तर्गतको शृङ्खलामा क्यानडासँग खेल्दैछ ।नामिबियाले हाल अमेरिकामा भइरहेको ओडीआई शृङ्खला खेलिरहेको छ । यूएईसँगको खेल वर्षाले प्रभावित हुँदा अमेरिकासँग पराजित भयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय