जापानले प्रधानमन्त्री साने ताकाइचीलाई सम्बोधन गर्दा उचित सम्मानजनक भाषा प्रयोग गर्न चीनलाई आग्रह गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जापानी प्रधानमन्त्रीलाई नामबाट मात्र सम्बोधन गरेपछि टोकियोले बेइजिङसमक्ष आफ्नो असन्तुष्टि जनाएको जापानी विदेश मन्त्रालयले बताएको छ ।

जापानी विदेश मन्त्रालयका प्रवक्ता तोशिहिरो किटामुराले अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार अर्को देशका नेतालाई सम्मानजनक रूपमा सम्बोधन गर्नु स्वाभाविक भएको बताए । “हाम्रो स्थितिमा मतभेद भए पनि अर्को देशका नेतालाई उचित सम्मान देखाउनु स्वाभाविक हो”, उनले भने ।

चीनले आफ्नो भूभाग दाबी गर्दै आएको ताइवानको विषयमा जापानका प्रधानमन्त्री ताकाइचीले सन् २०२५ मा दिएको अभिव्यक्तिपछि दुई देशबीचको सम्बन्धमा केही असहजता देखिएको छ ।

यसैबीच, सम्बन्ध सुधार्ने प्रयासस्वरूप जापानी सांसदहरूले पछिल्ला केही सातामा चीनको भ्रमण गरेका छन् । प्रधानमन्त्री ताकाइचीले हालै चीनलाई ‘महत्त्वपूर्ण छिमेकी’ बताउँदै दुई देशबीच स्थिर सम्बन्ध निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय