काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा बसेर सुनको अवैध कारोबार गर्दै आएका चिनियाँ नागरिकहरुले अमेरिका बस्ने व्यक्तिको घरलाई अखाडा बनाएको पाइएको छ ।

उनीहरुले विष्ट थर भएका व्यक्तिको घर गत साउनदेखि भाडामा लिएको पाइएको प्रहरी स्रोतले जनाएको छ । सो घरको मासिक भाडा ३ लाख ३० हजार रुपैयाँ तय गरिएको थियोघर भाडामा लिएर सुनको अवैध कारोबार भएको सूचनाको आधारमा प्रहरीले विहीबार छापा मारेर तीन जना चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको थियो । सो घरबाट करिब २१ किलो ७५०.६८ सुन र विभिन्न मेसिन उपकरण समेत बरामद भएको प्रहरीले जनाएको छ । । भाडाबापत चार महिनाको रकम घर धनीलाई अग्रिम भुक्तानी गरेको खुलेको प्रहरी स्रोतले जनाएको छ ।प्रहरीले दिएको जानकारी अनुसार चिनियाँ समूहका एक सदस्य सुरुमा काठमाडौं आएर यहाँको बजार र कारोबारको अवस्था बुझेपछि चीन फर्किएका थिए । त्यसपछि अन्य दुई जना पनि नेपाल आएका थिए । उनीहरू नेपाल आइसकेपछि पनि तीन–चार पटक विमानस्थल आउने–जाने गरेको देखिएको स्रोतको भनाइ छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय