काठमाडौं । सडक विभागले दोलखामा विभिन्न समयमा लगाएका दुई दर्जन ठेक्का तोडेको छ । सडक डिभिजन चरिकोटले शुक्रबार एक सूचना प्रकाशित गर्दै ठेक्का सम्झौता अन्य गरिएको र वित्तीय फरफारक गर्न सूचित गरेको छ ।

आर्थिक वर्ष २०७९/८० देखि ठेक्का सम्झौता गरी आयोजना अलपत्र पार्ने व्यवसायीमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

डिभिजन कार्यालयका अनुसार निर्माण व्यवसायीले निर्धारित समय सीमाभित्र निर्माण कार्य सम्पन्न गर्न नसकेको, सोपश्चात समेत निर्माण व्यवसायीलाई लिखित र मौखि रूपमा काम सम्पन्न गर्न पटकपटक अनुरोध गरिएको थियो ।

साथै, कार्य सुचारु गर्नेतर्फ निर्माण व्यवसायीले तदारुकता नदेखाउँदा ठेक्का तोड्नु परेको विभागको भनाइ छ ।डिभिजनले ३० दिन भित्र वित्तीय फरफारक गर्न अल्टिमेटमसमेत तोकेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय