काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरदेखि बैठक चलिरहेको एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको हो ।
स्थायी कमिटीको यो दोस्रो दिनको बैठक हो । हिजोदेखि जारी बैठकमा पूर्वराष्ट्रपति समेत रहेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी छिन् ।
वरिष्ठ नेतामा मनोनीत भएपछि भण्डारी पहिलोपटक पार्टी बैठकमा सहभागी भएकी हुन् ।








