काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय फेरि दुई घण्टा थप गरिएको छ।यसअघि ३ बजेदेखि ५ बजेसम्मको लागि समय तोकिएको थियो। तर ५ बजेसम्म पनि नसकिएपछि फेरि दुई घण्टा बढाएर ७ बजेसम्म थप गरिएको हो।

बिहान ७ बजेपछि सुरु भएको मतदानमा महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन् । मतदान केन्द्रमा प्रतिनिधिहरूको लामो लाइन लागेपछि मतदानको समय थप गरिएको हो।कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन् । महाधिवेशनबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यसहितलाई गरी २३ ओटा क्लस्टरमा मतदान गर्नुपर्ने भएकाले समय लागेको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय