काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी आज बिना निर्णय सकिएको छ । भोलि दिउँसो १ बजे बस्ने गरी आजको बैठक अन्त्य गरिएको प्रचार विभाग प्रमुख निरज आचार्यले बताए ।अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको स्थायी कमिटी सदस्यका थप नाममा नेताहरूले असन्तुष्टि जनाएपछि अन्य विषयमा छलफल भएको थियो । स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्य मनोनयनबारे केही नेताबीच अनौपचारिक छलफलपछि भोलिको बैठकमा पेश गर्ने सहमति भएको एक नेताले बताए ।बैठकपछि सचिव पद्मा अर्यालले पार्टीका विभिन्न पदमा मनोनीत गर्नेबारे नेताहरूले आ-आफ्नो धारणा राखेको बताइन् ।‘केन्द्रीय कमिटीमा रिक्त रहेको स्थान, पार्टीको पोलिटब्युरो सदस्यहरूको मनोनयन र स्थायी समितिमा रिक्त रहेको स्थानको मनोनयनको तयारी भइरहेको छ’, उनको भनाइ छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय