नौकुण्ड गाउँपालिका–२ यार्सास्थित जोम्सा खोलाले बगाएर बेपत्ता भएका आमा र छोरा दुवैजनाको शव फेला परेको छ । नुवाकोटको लच्याङबाट घर फर्कने क्रममा बोन्द्रोहुँदै घाङमारतर्फ आउँदै गर्दा स्थानीय डुप्पा नेकोर तामाङ र उनका छोरा पूर्ण थोक्रालाई जोम्सा खोलाले बगाएको थियो ।

मृत बालक नवजीवन आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए । उद्धार तथा खोजी कार्यका क्रममा आमा डुप्पाको शव बुधबार राति नै फेला परेको थियो । छोरा पूर्णको शव पनि प्रहरी र स्थानीय बासिन्दाको टोलीले खोजी गर्ने क्रममा फेला पारेपछि अन्त्येष्टि गरेको स्थानीय शिक्षक साम्देन लामाले बताए ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय