काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न इतर पक्षले आज सर्वोच्च अदालतमा रिट दर्ता गर्दैछ ।

पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का छुट्टाछुट्टै रिट लिएर अदालत जाने नेता मीन विश्वकर्माले बताए । अहिले कानुन व्यवसायीसँग छलफल भइरहेको भन्दै विश्वकर्माले शीर्ष नेता भने सर्वोच्च नजाने बताए ।

असोज १६-१९ मा महाधिवेशन गर्ने गरी कांग्रेसले कार्यतालिका सार्वजनिक गरेको छ ।

कांग्रेसको आधिकारिता विवादमा पुनः सुनुवाइ गर्न सर्वोच्चले निस्सासमेत दिइसकेको अवस्थामा त्यसको टुंगो नलाग्दासम्म महाधिवेशनसम्बन्धी काम अघि नबढाउन इतर पक्षले माग गर्ने तयारी गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय