काठमाडौँ । नेपाल चिकित्सक संघले धनुषाको जनकपुरस्थित एक स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा उनका बुबामाथि भएको कुटपिटको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीहरूलाई कडा कारबाही गर्न माग गरेको छ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्रि रिजाल र महासचिव डा. विश्व राज दवाडीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार यही भदौ ५ गते जनकपुरस्थित जनकपुर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टरमा कार्यरत चिकित्सक डा. शशी शेखर अधिकारी काम गरिरहेको समयमा एक हुल मानिसको समूहले हातपात गरेको हो। आक्रमणकारीहरूले डा. अधिकारीका बुबालाई समेत मरणासन्न हुने गरी कुटपिट गरेको संघले जनाएको छ। स्वास्थ्य सेवामा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको यस्तो आक्रामक तथा निन्दनीय कार्यको भर्त्सना गर्दै संघले समग्र स्वास्थ्य क्षेत्रलाई आतङ्कित पार्ने गरी घटना घटाइएको उल्लेख गरेको छ। अमानवीय घटनामा संलग्न दोषीहरूलाई अविलम्ब कानुनको दायरामा ल्याउन संघले माग गरेको छ। संघले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ बमोजिम दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय