काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले बलात्कारपछि हत्या भएका घटनासँग सम्बन्धित प्रचलित कानुन संशोधन गर्नुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा बोल्दै नेता शाहीले कानुन संशोधनको मस्यौदा तयार गरी संसद्मा ल्याउन सरकारसँग माग गरेका हुन् । स्ता जघन्य अपराधविरुद्ध सत्तापक्ष र प्रतिपक्ष नभनी एकै ठाउँमा उभिएर कानुन संशोधन गरी संसद्बाट पारित गर्नुपर्नेमा उनले जोड दिएका छन्। ‘बलात्कारपछि हत्याको सम्बन्धमा नेपालमा जुन प्रचलित कानुन छ, यसलाई संशोधन गर्नुपर्ने देखियो,’ सरकारलाई अपिल गर्दै उनले भने, ‘कानुनको ड्राफ्ट बनाएर ल्याउनुहोस्, हामी सत्तापक्ष र प्रतिपक्ष नभनिकन यसलाई संशोधन गरौँ र संसद्बाट पास गरौँ। यस विषयमा अब बोल्नुभन्दा पनि सरकारले मस्यौदा लिएर आओस्।’फरक प्रसङ्गमा बोल्दै नेता शाहीले विदेशी स्याउको अनियन्त्रित आयातका कारण स्वदेशी स्याउले बजार पाउन नसकेकोमा चिन्ता व्यक्त गरे। उनले भदौ र असोज महिनाभरि विदेशबाट स्याउ आयात रोक्न कृषिमन्त्रीसँग आग्रह गरेका छन्। साथै, जुम्लामा स्याउ उत्पादन र बजारीकरणका लागि सरकारले विशेष लगानी गर्नुपर्नेमा उनले जोड दिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय