काठमाडौं । १० गते बिहानदेखि बेत्रावतीको घण्टाघरमा घण्टी बजेको छैन । यो घण्टाघरमा बिहान ६ बजेदेखि राति ९ बजेसम्म प्रत्येक घण्टा घण्टी बज्थ्यो । स्थानीयको लागि अर्लाम बनेको थियो यो घण्टाघर । विनाशकारी बाढीले तहसनहस भएपछि घडीको सुइ घुमेको छैन । बस्तीमा सन्नाटा छ ।

२०० बढी घर रहेको यो क्षेत्रमा कुनै पनि घर ठाडो छैनन् । लेदोले छोपिएको र क्षतिग्रस्त अवस्थामा भए पनि घण्टाघर ठडिएको भने देखिन्छ ।

भूकम्पछि बनाएको यो घण्टाघरमा घण्टी ।

२०७२ सालको कुरा हो । विनाशकारी भूकम्पले बेत्रापवती बजारका घरहरू भत्किए । बस्तीलाई फेरि उठाउनुपर्छ भनेर स्थानीय योगेश डंगोलले घण्टाघर बनाए ।

त्यसपछि यो क्षेत्रमा चहलपलह बढेको थियो । तर बुधबारको भोटेकोशी बाढीले यो बस्तीमा केही पनि बाँकी राखेन । बस्ती नै शून्य हुन पुग्यो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय