काठमाडौं । २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् ।
अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले ।
न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर चौथो सेटदेखि स्वास्थ्य समस्याले संघर्ष गरिरहेका सर्बियाली स्टारको प्रदर्शन खस्कियो ।
पाँचौं सेटमा उनी भावुक बनेर आँसु झारेका थिए भने दर्शकले लामो समयसम्म ताली बजाउँदै उनलाई हौसला दिएका थिए ।







