काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले घटेको हो ।
महासङ्घका अनुसार आज सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ८६० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । १० ग्राम चाँदीको मूल्य ४ हजार ९८ रुपैयाँ कायम छ ।
महासङ्घले सोमबारका लागि उक्त मूल्य तोकेको हो ।







