पर्सा प्रहरीले नारायणी अस्पतालबाट चोरी भएको नवजात शिशुसहित एक महिलालाई पक्राउ गरेको छ । अस्पतालबाट बच्चा चोरी भएको १६ घण्टामै प्रहरीले शिशुलाई फेला पारेको हो ।

वीरगन्जको इनर्वाबाट प्रहरीले एकदिने शिशुसहित बच्चा चोरी गर्ने महिलालाई पक्राउ गरेको पर्सा प्रहरी प्रमुख पवन भट्टराईले बताए । उनका अनुसार रातभर गरिएको अप्रेसनबाट बच्चा लिएर भागेकी महिलालाई पक्राउ गरिएको हो ।प्रहरीले बच्चा चोरी गरेको आरोपमा वीरगन्जकै इनर्वा निवासी सबिना खातुनलाई नियन्त्रणमा लिएको हो ।एकदिने शिशु र पक्राउ परेकी महिलालाई अहिले प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आइतबार राति वीरगन्जस्थित नारायणी अस्पतालबाट एकदिने नवजात शिशु चोरी भएको थियो । नवजात बालककी हजुरआमासँग ‘बच्चा खेलाउँछु’ भन्दै शिशु मागेकी महिला त्यसपछि शिशुसहित बेपत्ता भएकी थिइन् ।

सर्लाहीको रामनगर गाउँपालिका–३ बहुअर्वा निवासी रिन्कु देवीको शल्यक्रियामार्फत शनिबार राति ११ बजे शिशु जन्मिएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय