धादिङ । बाढीका कारण घरबारविहीन भएका तथा खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको अभाव झेलिरहेका परिवारलाई मुनलाइट सोसाइटी नेपालले राहत वितरण गरेको छ।

मुनलाइट सोसाइटी नेपालका अध्यक्ष विशाल भट्टको नेतृत्वमा गएको टोलीले धादिङका बाढी प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारलाई खाद्यान्न तथा दैनिक उपभोग्य आवश्यक सामग्री वितरण गरेको हो।

बाढीका कारण घरमा क्षति पुगेका, घरबार गुमाएका तथा दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेका परिवारको अवस्था बुझ्दै तत्काल आवश्यक पर्ने राहत सामग्री उपलब्ध गराइएको संस्थाले जनाएको छ।

विपद्को कठिन परिस्थितिमा पीडित परिवारलाई केही भए पनि राहत र सहयोग पुर्‍याउने उद्देश्यले राहत वितरण गरिएको अध्यक्ष भट्टले बताए। उनले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको सहयोगका लागि मुनलाइट सोसाइटी नेपाल आगामी दिनमा पनि आवश्यकताअनुसार सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

बाढीपछि प्रभावित क्षेत्रमा खाद्यान्न तथा अत्यावश्यक सामग्रीको आवश्यकता बढिरहेका बेला संस्थाले गरेको राहत वितरणले घरबारविहीन तथा समस्यामा परेका परिवारलाई प्रत्यक्ष राहत पुगेको छ।

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय