काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने र राष्ट्रपति रामचन्द्र पौडेलबिच भेटवार्ता भएको छ। शितल निवासमा सोमबार भेटवार्ता भएको हो।

भेटमा सभापति लामिछानेले भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढी र त्यसबाट भएको क्षतिसँगै उद्धार र राहतका लागि भइरहेका गतिविधिबारे राष्ट्रपतिलाई ब्रिफिङ गरे। आजै प्रधानमन्त्री बालेन शाहसँग भेटी सरकारले गरिरहेको कामबारे जानकारी लिएपछि सभापतिले यसबारे राष्ट्रपतिलाई ब्रिफिङ गरेका हुन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय