काठमाडौं । रसुवामा बाढीपछि बाहिर रहेका प्रभावितको उद्धार तथा राहतको काम भइरहे पनि सुरुङभित्र फसेका भनिएका मानिसको उद्धारमा समस्या देखिएको छ ।

सरकारसँग सुरुङभित्रको अवस्था बुझ्न आवश्यक उपकरण र दक्ष प्राविधिक जनशक्ति पर्याप्त नभएका कारण  जनलविद्युत आयोजनाका सुरुङभित्र फसेका भनिएका मानिसको उद्धारमा समस्या देखिएको हो ।

बागमती प्रदेशसभाका सांसद इन्द्रप्रसाद गोतामेले रसुवाका विभिन्न सुरुङमा तीन सयभन्दा बढी मानिस फसेको हुन सक्ने आशंका गरिएको जानकारी दिएका छन् ।

‘यहाँको अवस्था गम्भीर खालकै छ । रसुवाका ६ वटा सुरूङभित्र तीन सय भन्दा बढी मान्छेहरू छन् भन्ने छ,’ धुन्चेमा रहेका सांसद गोतामेले भने, ‘सरकारसँग भित्र पस्ने प्राविधिक पनि रहेनछ, इक्युपमेन्टहरू पनि रहेनछ ।

उनले रसुवाको अहिलेको सबैभन्दा ठूलो समस्या भनेकै सुरुङभित्र फसेका मान्छेहरूको उद्धार भएको पनि बताए ।

‘बाढीबाट बाँचेर बाहिर रहेका मान्छेहरूको सेनाले उद्धार गरिसक्यो । यहाँ राहतको खासै समस्या छैन,’ गोतामेले भने, ‘यहाँ ठूलो समस्या भनेको सुरुङभित्र फसेका मान्छेहरूको उद्धार हो ।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय