काठमाडौं । कैलाश मानसरोवर यात्रा गर्न नेपाल आएका चार मलेसियन नागरिक सम्पर्कविहीन छन् । १० भदौमा आएको बाढीपछि उनीहरूसँग सम्पर्क हुन सकेको छैन ।

कैलाश यात्राका लागि नेपाल आएका र बाढीपछि सम्पर्कविहीन भएपछि उनीहरूका छोराछोरी खोज्दै नेपाल आइपुगेका छन् । तर, सम्पर्क हुने सम्भावना नभएपछि आश मार्दै छोराछोरी मलेसिया फर्किन लागेका छन् ।

‘हामीलाई उहाँहरू कहाँ हुनुहुन्छ भन्ने मात्रै थाहा पाउनुपरेको थियो,  जीवित हुनुहुन्छ कि हुनुहुन्न, त्यो पनि थाहा भएन,’ मलेसियाबाट नेपाल आएका छोरा मितरुनले भने ।

मलेसियाबाट आमाबुबा खोज्दै नेपाल आएका र उनीहरूसँग समन्वय गरिरहेका नेपाली नागरिक प्रेम विकका अनुसार सम्पर्क हुने सम्भावना नभएपछि उनीहरू मलेसिया फर्किन लागेका हुन् ।त्यसरी सम्पर्कविहीन हुनेमा ५९ वर्षीय रमन सुप्रमनियम, ५४ वर्षीया निलाभनी मारिमुथु, ५८ वर्षीया पद्मावथी ए गोविन्दास्वामी र ६० वर्षीय मुरुकान सुप्रमनियम छन् । उनीहरूका छोराछोरी खोजीका लागि नेपाल आएका हुन् ।

आफ्ना आमाबुबाको खोजीका लागि मलेसियाबाट नेपाल आएका उनीहरू अन्तत: आमाबुबाको अवस्थाबारे निश्चित जानकारी समेत नपाई फर्किन बाध्य भएका छन् ।

नेपाल आउँदा उनीहरूको मनमा एउटा आश थियो– बाढीले सम्पर्क टुटेको मात्रै होस्, आमाबुबा कतै सुरक्षित अवस्थामा भेटिउन् ।

तर, त्यो आश अब कमजोर बनेको छ । फर्किने तयारीमा रहेका छोराछोरीको मनमा भने एउटै प्रश्न बाँकी छ, ‘हाम्रा आमाबुबा कहाँ छन् ?’

जवाफ अझै अनिश्चित छ । सरकारी निकायबाट सम्पर्क हुने सम्भावना नभएको दाबी गरेपछि उनीहरू निराश हुँदै फर्किन लागेका हुन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय