संखुवासभाको मकालु गाउँपालिका –५ माङ्सिमा बाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकालु गाउँपालिका –५ माङ्सिमाका २९ बर्षीय सिताराम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धन बहादुर राजवंशीले बताए ।

इजाजत बिनाको भरुवा बन्दुक लुकाएर राखेको गोप्य सूचनाका आधारमा गुरुङलाई भदौ १५ गथे पक्राउ गरिएको प्रहरी निरीक्षक राजवंशीले बताए ।

नुन प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले गुरुङको घर खानतलासी गर्दा एक नाल भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने फलामको १४ वटा छर्रा बरामद गरेको प्रहरीले जनाएको छ ।बन्दुकसहित पक्राउ परेका गुरुङ माथि जिल्ला अदालत चैनपुरबाट म्याद थप गरेर  अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय