काठमाडौँ । महानायक राजेश हमालले अष्ट्रेलियामा रहेका नेपालीसँगको सहकार्यमा बाढीपीडितका लागि राहत रकम जुटाइरहेका छन्।

हमालको पहलमा 8848 MOMO House का फाउन्डर होम प्यासीसँगको सहकार्यमा आयोजित दुई च्यारिटी डिनरबाट २१ लाख रुपैयाँ संकलन भएको छ।

पहिलो डिनरबाट ११ लाख ५० हजार र दोस्रोबाट ९ लाख ५० हजार रुपैयाँ संकलन भएको हो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भइसकेको जनाइएको छ।

हमालले आगामी ९ तारिखमा थप ठूलो च्यारिटी इभेन्ट आयोजना गरी बाढीपीडितका लागि थप सहयोग जुटाउने तयारी गरेका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय