पूर्वमुख्यमन्त्री राजकुमार शर्माको अवरोध पश्चात् १५ मिनेटका लागि स्थगित कर्णाली प्रदेशसभाको बैठक पुनः बस्न सकेको छैन । शर्माले साउन १२ गते आफूले प्रदेश सभामा दर्ता गराएको गैरसरकारी विधेयक सदनमा टेबुल नगरिएको भन्दै सदनमा अवरोध गरेका थिए ।

कर्णालीको आर्थिक समृद्धि र रोजगारीसँग जोडेर शर्माले ‘कर्णाली समृद्धि तथा आर्थिक विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ दर्ता गराएका छन्, जुन उनी मुख्यमन्त्री हुँदा ल्याएको वार्षिक १० हजारलाई रोजगारी दिने कार्यक्रम अन्तर्गत छ ।उनले कार्यक्रम ल्याए पनि कार्यान्वयन गर्न नपाउँदै मुख्यमन्त्रीबाट बाहिरिएका थिए । त्यसपछिको सरकारले उनको उक्त कार्यक्रम लागू गरेन । अहिले शर्माले सोही विषय समेटेर विधेयकका रूपमा ल्याएका हुन्। मङ्गलवार उनको अवरोध पश्चात् सभामुख नन्दा गुरुङले १५ मिनेटका लागि सभा स्थगित गराएको जनाइन् । तर त्यसपछि बैठक नै बस्न सकेको छैन ।बुधबार पनि बैठक बस्न सकेन । प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलका अनुसार, अब भदौ २२ गतेका लागि बैठक सारिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय