काठमाडौँ । रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालिएको छ । नेपाली सेनाका उद्धारकर्मीले टनेलमा पहुँच मार्ग बनाएर शव निकालेका हुन् ।
बुधबार साँझ निकालिएको शव नुवाकोटमा ल्याइएको उद्धारमा समन्वय गरिरहेका एक सैनिक अधिकृतले बताए । लाङटाङ हाइड्रोमा विदेशी सहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोली सुरुङका १५० मिटरसम्म प्रवेश गरेका छन् ।अहिले दुई ठाउँमा प्वाल बनाएर खोजी कार्य भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।







