पथलैया–वीरगन्ज सडकखण्ड अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ छातापिपरामा सोमबार बिहान पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–३० प्रोसतिपुरका २२ वर्षीय जैमुदिन अंसारी रहेका छन् ।

पथलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको ना५च २२७७ नम्बरको कुखुरा बोक्ने पिकअप गाडी अनियन्त्रित भई दुर्घटना भएको हो । तीव्र गतिमा रहेको उक्त गाडी सडकको बीचमा रहेको डिभाइरमा ठोक्किँदै अर्को लेनमा पुगेर पल्टिएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको हो । उक्त दुर्घटनामा परी गाडीका सहचालक विश्रामपुर गाउँपालिका–९ का २० वर्षीय स्वयमभुला अंसारी घाइते भएका छन् । घाइतेको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय