म्याग्दीको बेनी नगरपालिका-२ खबरामा ७२ वर्षीया मनकुमारी घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा उनकै नाती पक्राउ परेका छन्।

सोमबार करिब ११:३० बजे मनकुमारीलाई उनकी छोरीका छोरा २६ वर्षीय आशिष बरुवालले धारिलो हतियार प्रहार गरी हत्या गरेर फरार भएका थिए। धारिलो हतियार प्रहार गरी अभियुक्त फरार भएको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमान्डमा १५ जनाको प्रहरी टोली खटिएको थियो। खोजतलासका क्रममा प्रहरीले बरुवाललाई बेनी नगरपालिका-२ स्थित हाडेभिरबाट भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धानका साथै प्रमाण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय