एउटा हत्याको घटनामा डिएनए परीक्षणबाट भरतपुर महानगरपालिका–१८ का मृतक टीकाराम नेपालीको पहिचान खुलेपछि त्यस हत्यामा संलग्न आफ्नै छोराहरू रहेको पुष्टि भएको छ ।

नारायणी नदी किनारमा भेटिएका हाड खोरलाई डिएनएमार्फत व्यक्ति पहिचान भए पछि हत्या भएको खुलेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार विसं २०७९ फागुन १९ गते भरतपुर–१७, गाजीपुरस्थित नारायणी नदीको बगरमा खप्परको हड्डी, मेरूदण्डको हाड, कम्मरको हड्डी, तिघ्रा र दुवै नलीखुट्टाका हाडलगायतको कङ्काल भेटिएको थियो ।

कङ्कालको वरपर केही कपडा, मोबाइल, मुख बाँधिएको, पीँध च्यातिएका बोरा, प्लास्टिकका थैलोसमेत फेला परेको प्रहरीले जनाएको छ । ती कङ्काललगायत अङ्ग भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । बाबु बेपत्ता भएको भनिएका मृतक टीकाराम नेपालीको कान्छो छोरा अनिल नेपालीको रगत नमुना लिई डिएनए परीक्षण गर्दा उक्त हड्डीहरु बाबु टीकारामको भएको पुष्टि भएको थियो ।

त्यसपछि बाबुको हत्या गर्ने छोराहरुको खोजिमा प्रहरी लागेको प्रहरी नायब उपरिक्षक चन्द्रभूषण यादबले जानकारी दिए । मृतक नेपालीका जेठा छोरा अम्मरसिं नेपाली र माइलो छोरा विष्णुबहादुर नेपालीसँगै वैदेशिक रोजगारमा छन् ।

आरोपितलाई झिकाउन प्रहरीले ‘रेड कर्नर नोटिस’ जारी गरेको थियो । केही दिनअघि हत्या आरोपितमध्ये अम्मरसिं नेपाल आएपछि उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो । निज पक्राउ परेसँगै उनी र माइलो भाइ मिलेर हत्या गरेको वयान दिएको उपरीक्षक यादवले जानकारी दिए ।

घरमा बाबुआमाबीच झगडा भएपछि भागेर नवलपरासीको गैँडाकोटमा अर्काको घरमा काम गरिरहेका बाबुलाई दुई छोराले फकाएर घर ल्याई हत्या गरेको पक्राउ परेका नेपालीले बयान दिएको उनले जानकारी दिए ।

निजलाई ज्यानसम्बन्धी कसुरको मागदाबी लिई चितवन जिल्ला अदालतमा पेस गरिएको छ । पक्राउ परेका जेठो छोरा अम्मरलाई भदौ १६ गते पुर्पक्षका लागि थुनामा पठाइएको छ भने भाई विष्णु वैदेशिक रोजगारीमा छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय