काठमाडौं । नेपाली फुटबल खेलाडी सुबास बम ठकुरी अजबैजानको शीर्ष डिभिजन क्लब टुरान टुभोजमा अनुबन्ध भएका छन् ।
सुबासले सोमबार आफ्नो सामाजिक सञ्जालमा टुरानसाग सम्झाैता गरेको फोटो सेयर गर्दै क्लबमा अनुबन्ध भएको जानकारी दिएका हुन् ।
टुरान अजरबैजानको शीर्ष श्रेणीको लिग अजरबैजान प्रिमियर लिग खेल्ने क्लब हो ।
नेपालको उमेर समूहको राष्ट्रिय टिमको कप्तानी गरेका सुबासले सिनियर राष्ट्रिय टोलीबाट पनि डेब्यु गरिसकेका छन् ।
नेपाल पुलिस क्लबबाट घरेलु फुटबल करियर सुरु गरेका सुबासले फिलिपिन्सको क्लब सिनिलोन ब्लुजबाट पनि खेलेका छन् ।
१८ वर्षको उमेरमै सुबासले ठूलो फड्को मारेका छन् ।







