काठमाडौँ । नुवाकोट जिल्लाको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजद्वारा बेलिब्रिज निर्माणको कार्य तीव्र रूपमा भइरहेको छ । सेनाकाअनुसार तादी नदीमा बेलिब्रिज निर्माणका लागि नेपाली सेनाबाट ५५ जनाको प्राविधिक टोली खटिएको छ ।
भदौ १० गते चीनतर्फबाट आएको बाढीले उक्त पुल बगाएपछि यातायात सम्पर्क जोड्न नेपाली सेनाको ब्रिजिङ युनिटले तादी नदीमा करिब ६० मिटर लामो र ५० टन पारवहन क्षमताको बेलिब्रिज जडान गरेको हो ।यसैक्रममा, नेपाली सेनाका इन्जिनियरहरूको परामर्श तथा सक्रियतामा ढुंगे बुद्ध मन्दिरको तल्लो भागबाट त्रिशूली बजार जोड्ने गरी करिब २५० मिटर लम्बाइको अत्याधुनिक झोलुङ्गे पुल निर्माणको कार्य समेत सुरु भएको छ ।यस पुलको निर्माणसँगै त्यस क्षेत्रका स्थानीय बासिन्दाहरूको आवतजावतमा सहजता आउने विश्वास गरिएको छ ।







