काठमाडौं : नेपाल भलिबल लिग (एनभीएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली शिवराजले मधेश वरियर्सलाई पराजित गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा कर्णाली शिवराजले मधेश वरियर्सलाई २५–२०,२५–२०, २१–२५ र २५–१९‌ले पराजित गरेको हो।

मधेसलाई पराजित गर्दै कर्णालीले प्लेअफ खेल्ने भएको छ।  कर्णाली शिवराजले प्लेअफमा काठमाडौं रेड्ससँग खेल्नेछ। यी दुवै टोली मध्ये विजयी टोलीले फाइनलमा अन्नपूर्ण स्पाइकर किङसँग खेल्नेछ।

कर्णालीले पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किंग्सलाई पराजित गरेको थियो दोस्रो खेलमा खप्तड फालकन्सलाई र तेस्रो खेलमा सगरमाथा स्पेसलाई पराजित गरेको थियो चौथो खेलमा भने काठमाडौं रेड्ससँग पराजित भएको थियो। मधेशले प्रतियोगितामा एक मात्र जित हात पार्यो।

मधेशले लगातार ३ हारपछि चौथो खेलमा खप्तड फालकन्सलाई पराजित गरेको थियो। पहिलो खेलमा सगरमाथा स्म्यासर्ससँग , दोस्रो खेलमा काठमाडौं रेड्ससँग र  तेस्रो खेलमा अन्नपूर्ण स्पाइकर किंग्ससँग मधेस पराजित भएको थियो।

आजको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किंग्सले सगरमाथा स्म्यासर्सलाई ३–१ ले हराएको थियो। आजको अन्तिम खेलमा काठमाडौं रेड्सले खप्तड फाल्कन्ससँग खेल्ने छ।

जारी प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन्। सहभागी टिमले पहिले सिंगल राउन्ड रोबिन लिगका आधारमा खेल्ने छन्। लिगमा शीर्ष स्थानमा रहने टिम फाइनलमा प्रवेश गर्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टिमले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन्। नेपाल भलिबल लिगको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ। विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल भदौ २८ मा हुनेछ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय