काठमाडौं : शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले आगामी असोज २२ देखि ३० गतेसम्म विराटनगरको जैन भवनमा ‘विराट ट्रेड फेयर २०८३’ आयोजना गरिने भएको छ।

‘चाडपर्वको उत्सव, व्यापार’को महोत्सव भन्ने नारा सहित विराट व्यापार संघले  आयोजना गर्न लागेको विराट ट्रेड फेयरले केही मात्रामा भएपनि बजार चलायमान हुने र चाडपर्वको बेला सिमावर्ती बजार जाने प्रवृत्ति घट्ने विराट व्यापार संघका अध्यक्ष प्रमोद जिन्दलले जानकारी दिए। उनले आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने गरी तथा चाडपर्व लक्षित सेवा र वस्तुको विक्री गरिने भएकाले ट्रेड फेयरले स्थानीय व्यापार वृद्धि गर्न सहयोग पुग्ने बताए।

९ दिन सम्म आयोजना हुने सो विराट ट्रेड फेयरमा खाद्यान्न, लत्ताकपडा, जुत्ता चप्पल, हार्डवेयर, अटोमोबाइल, फर्निचर,  गृह उपयोगी सामग्रीका साथै बैक तथा वित्तिय संस्थाको सेवाहरु लगायतका १ सय वटा स्टलहरु राखिने बताइएको छ। करिब ७० लाख रुपैया खर्च हुने अनुमान गरिएको सो ट्रेड फेयर करिब १ लाख दर्शकहरुले अवलोकन गर्ने अनुमान गरिएको छ। ट्रेड फेयरमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका उत्पादनहरु रहने बताइएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय