काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको हो ।

जसअनुसार आइतबार छापावाल सुन प्रतितोला १ हजार २०० रुपैयाँले बढेको छ । शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।यसअनुसार दुई दिनको अवधिमा चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आइतबार १० ग्राम सुनको मूल्य २ लाख ५९ हजार ९० रुपैयाँ कायम भएको छ । त्यस्तै, १० ग्राम चाँदीको मूल्य ३ हजार ९९५ रुपैयाँ रहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय