रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार, जिप गाउँपालिकाको केन्द्र सानीभेरी ९ सिम्ली हुँदै खलंगातर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप दुर्घटना भएको थियो।

यस्तै दुर्घटनामा १० जना घाइते भएको बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय