काठमाडौँ । ९९औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड)का लागि नेपालबाट चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ सहभागी हुने भएको छ । द एकेडेमी अफ् मोशन पिक्चर आट्र्स एन्ड साइन्सेस (द अस्कर) अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’लाई छनोट गर्दै नेपालबाट सिफारिस गरेको हो ।

९९औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड)मा प्रतिस्पर्धाका लागि अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)मा यस वर्ष दुई नेपाली कथानक चलचित्रहरू ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ र ‘गौँथली’ले आवेदन दिएका थिए । प्राप्त भएका दुईमध्ये ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट भएको हो । ‘प्राप्त दुवै चलचित्रहरूको मूल्यांकन गरी एकेडेमीका मापदण्ड अनुरूप उच्च स्तरीय एवं उत्कृष्ट एक चलचित्र सिफारिस गर्नुपर्ने भएकोले प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण, र कलात्मक शिल्पलाई ध्यानमा राखी गहन अध्ययन पश्चात् उक्त अवार्डमा नेपालको तर्फबाट प्रतियोगीका रूपमा चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’लाई छनोट गरिएको छ’ समितिले विज्ञप्तिमा भनेको छ ।कान्स फिम्स फेस्टिभलमा जुरी अवार्ड जितेको ‘एलिफेन्ट्स इन द फग’ गत शुक्रबारबाट घरेलु बक्सअफिसमा प्रदर्शनरत छ । जङ्गली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा भनेको यस चलचित्रमा अभिनेत्री पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, गौरी मल्ल, माओत्से गुरुङ, आकांक्षा कार्कीलगायतको अभिनय छ ।फिल्म अविनास विक्रम शाहले निर्देशन गरेका हुन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय