अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत भ्रमणका लागि जाने भएका छन् । उनी दुई दिने भ्रमणका लागि आगामी भारततर्फ जाने कार्यक्रम तय भएको हो ।

अर्थ मन्त्रालय स्रोतका अनुसार, अर्थमन्त्री वाग्ले यही अक्टोबर १७ र १८ (असोज २ र ३) तारिक दुई दिने भ्रमणका लागि भारत जान लागेका हुन् ।

भ्रमणका क्रममा उनले भारतका अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्नेछन् ।

सा्रेतले दिएको जानकारी अनुसार, अर्थमन्त्री वाग्लेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने भेटवार्ता गर्ने कार्यक्रम तय भएको छैन ।

भारतमा उनी कन्फिडेरेशन अफ इन्डियन इन्डस्ट्रिज (सीआईआई) को एक कार्यक्रममा सहभागी हुनेछन् । उक्त कार्यक्रममा उनले हस्पिटालिटी र वेलनेस सेक्टरमा भारतीय लगानी भित्र्याउनेबारे छलफल गर्ने स्रोतले बताएको छ ।

त्यस्तै, दिल्ली स्कुल अफ इकोनोमिक्समा पनि उनले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

भारतीय लगानी नेपालमा ल्याउने प्रयासस्वरुप अर्थमन्त्री वाग्लेले यो भ्रमण गर्न लागेको स्रोतले बताएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय