अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाह समारोहको केही खर्च रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगीले व्यहोरेको पुष्टि भएको छ।

ट्रम्प जुनियरकी पत्नी बेटिना एन्डरसनले आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत पोस्ट जारी गर्दै बहामासको एउटा निजी टापुमा भएको तीन दिने विवाह समारोहका दुई रातको खर्च रुसी अर्बपति उमर क्रेम्लेभले आंशिक रूपमा व्यहोरेको जानकारी दिएकी हुन्।अनुसन्धानात्मक पत्रकारिता संस्था ‘प्रोपब्लिका’ ले पुटिनसँग निकट मानिएका क्रेम्लेभले उक्त समारोहका लागि ‘लाखौँ डलर’ खर्च गरेको विवरण सार्वजनिक गरेपछि यो वक्तव्य बाहिर आएको हो। ट्रम्प जुनियर सामान्य नागरिक भएकाले उनले विदेशी नागरिकबाट उपहार स्वीकार गर्नु गैरकानुनी नभए पनि यो विषय नैतिक विवादमा तानिएको छ।दम्पतीले वक्तव्यमा भनेका छन्, ‘हाम्रा प्रिय मित्र उमरले हाम्रो विवाहपछि हाम्रा लागि दुई रातको अविश्वसनीय समारोह अत्यन्त उदारतापूर्वक आयोजना गर्नुभएको थियो। यो एक साथीबाट प्राप्त असाधारण रूपमा उदार विवाह उपहार थियो र यसका लागि हामी त्यतिबेला पनि र अहिले पनि अत्यन्त आभारी छौँ।’

तथापि नैतिकतासम्बन्धी निगरानी समूहहरूले भने विदेशी राष्ट्र प्रमुखसँग सम्बन्ध भएका व्यक्तिबाट अमेरिकी राष्ट्रपतिका छोराले महँगो उपहार स्वीकार गर्नु स्वार्थको द्वन्द्व हुने बताएका छन्। सिटिजन्स फर रेस्पोन्सिबिलिटी एन्ड एथिक्सका सञ्चार उपाध्यक्ष जोर्डन लिबोविट्जले मानिसहरूले केही चाहना नराखी कुनै सामान्य परिचितलाई लाखौँ डलर नदिने उल्लेख गरेका छन्। यस्तो प्रचारले पुटिनलाई फाइदा पुग्ने उनको भनाइ छ।

प्रोपब्लिकाको रिपोर्ट अनुसार १ लाख अमेरिकी डलर प्रतिरात भाडा पर्ने निजी टापुमा सो दुई दिने समारोह आयोजना गरिएको थियो। क्रेम्लेभले समारोहका अन्य खर्चका साथै करिब ७० हजार डलर बराबरको आतिशबाजीको खर्चसमेत व्यहोरेका थिए। क्रेम्लेभ इन्टरनेसनल बक्सिङ एसोसिएसनका प्रमुख हुन् र उनी पुटिनबाट रुसको उच्च सरकारी सम्मान ‘अर्डर अफ फ्रेन्डसिप’ प्राप्त व्यक्ति हुन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय