काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प तथा त्यसपछिका परकम्पबाट भएको ठूलो जनधनको क्षतिप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ।

परराष्ट्र मन्त्रालयले एक वक्तव्य जारी गर्दै भूकम्पको विनाशकारी प्रभाव भोगिसकेको नेपालले यस्ता प्राकृतिक विपद्का कारण उत्पन्न हुने पीडा र दुःखलाई गहिरो रूपमा महसुस गरेको जनाएको छ। दुःखको यस घडीमा नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट इन्डोनेसिया सरकार र त्यहाँका जनताप्रति पूर्ण ऐक्यबद्धता र गहिरो सहानुभूति प्रकट गरेको छ।वक्तव्यमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। साथै, प्रभावित, बेपत्ता तथा विस्थापित भएका सबै नागरिकको सुरक्षा, राहत तथा शीघ्र पुनर्स्थापनाको कामनासमेत परराष्ट्र मन्त्रालयले गरेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय