काठमाडौँः देशभर एलपी ग्यासको अभाव भइरहेका बेला ग्यास विक्रेता महासंघ नेपालले उद्योग तथा विभिन्न बिक्री केन्द्रबाट भइरहेको प्रत्यक्ष बिक्री तत्काल रोक्न सरकारसँग माग गरेको छ ।

महासंघले विक्रेतामार्फत मात्र ग्यास वितरण गर्नुपर्ने भन्दै प्रत्यक्ष बिक्रीका कारण अभाव झन् जटिल बनेको जनाएको छ । महासंघका अनुसार पछिल्लो चार महिनामा करिब ६० हजार टन ग्यास कम आयात भएको छ । बजारमा आवश्यकताभन्दा बढी करिब ८० लाख नयाँ सिलिन्डर छरिएकाले समस्या बढेको भन्दै महासंघले नयाँ सिलिन्डर बिक्रीमा तत्काल रोक लगाउन पनि माग गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय