बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या घटनाले सर्वसाधारणलाई स्तब्ध बनाइरहेका बेला कलैयाबाट दुई वर्षीया बालिका बेपत्ता भएपछि परिवार र स्थानीयमा त्रास बढेको थियो। रातभरको खोजीपछि बालिका सकुशल फेला परेकी छिन् ।
कलैया उपमहानगरपालिका–१ कट्टीपर्साबाट शनिबार साँझदेखि बेपत्ता भएकी २ वर्षीया बिन्दी मण्डल आइतबार बिहान सकुशल फेला परेकी हुन्।
मुकेश मण्डलकी छोरी बिन्दीलाई कलैया–२६ स्थित सिसवा महेशपुरमा सडक किनारको नालामा रोइरहेको अवस्थामा स्थानीय एक महिलाले फेला पारेकी थिइन्। बालिकालाई तत्काल नालाबाट उद्धार गरी ती महिलाले आफ्नै घरमा लगेर हेरचाह गरेकी थिइन्।






