गमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिने तयारी गरिरहँदा सत्तासाझेदार दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केही सांसद अनुपस्थित हुने चर्चा भइरहेका बेला नेकपा बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले सबै सांसद प्रदेशसभाको बैठकमा उपस्थित हुने बताएका छन् ।
पत्रकारहरूसँग प्रतिक्रिया दिँदै जम्कट्टेलले बैठकमा अनुपस्थित भनिएका सांसदहरू हेटौंडामै रहेको र पार्टीले बैठकमा उपस्थित हुन निर्देशन दिइसकेको बताए । पार्टीको निर्देशनअनुसार उनीहरू बैठकमा अनिवार्य उपस्थित हुनुपर्ने उनको भनाइ छ ।
‘दलबाट निर्वाचित उहाँहरूको काम सरकार बनाउने, मन्त्री बनाउने र आफू पनि मन्त्री बन्ने हो,’ जम्कट्टेलले भने, ‘साथीहरूका आफ्ना केही कुराहरू हुन सक्छन्, त्यो अन्यथा भएन ।’
यसअघि नेकपाका गंगानारायण श्रेष्ठ, उर्मिला लामा, रुकु चौलागाईं, कृष्ण खनाल, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ र युवराज चौलागाईंलगायत सांसद प्रदेशसभा बैठकमा अनुपस्थित हुने चर्चा चलेको थियो ।उनीहरू मन्त्रिपरिषद् विस्तार र सरकारमा सहभागी गराउने विषयमा पार्टीभित्र पर्याप्त छलफल नभएको भन्दै असन्तुष्ट रहेको बताइएको थियो । तर, जम्कट्टेलले उनीहरू हेटौंडामै रहेको र पार्टीको निर्देशनअनुसार बैठकमा उपस्थित हुने स्पष्ट पारे ।






