काठमाडौं । नेपाली सेनाले बिहीबार मात्रै ६०२ जनाको हवाई उद्धार गरेको छ । दिउँसो साढे ३ बजेसम्म ६०२ जनाको हवाई उद्धार गरिएको नेपाली सेनाले बताएको छ ।
यस्तै, सेनाले नै जमिनबाट २०० जनाको उद्धार गरेको जनाएको छ ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रहरू टिमुरे, स्यापु्रवेँशी, धुन्चे, मैलुङलगायत इलाकाबाट ५० विदेशीसहित ६०२ जनाको हवाई उद्धार गरिएको हो ।
त्रिशूलीमा छाउनी अस्पतालबाट खटिएको डाक्टरसहितको मेडिकल टोलीले उचारको व्यवस्था मिलाएर उपचार समेत गरिरहेको पनि बताइएको छ । जहाँ ३३८ जनाको उपचार भइरहेको सेनाले बताएको छ ।खोज तथा उद्धारलाई सहजता प्रदान गर्न ड्रोन र सैनिक डग समेत प्रयोग गरी ४ हजार २ सयभन्दा बढी नेपाली सेना परिचालन गरिएको छ ।






