काठमाडौं । गोरखा ब्रुअरीले प्रधानमन्त्री दैव प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ प्रदान गरेको छ ।

कम्पनीका अधिकारीहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

गोरखा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी, वित्त निर्देशक अमर वैद्य र बजार निर्देशक काजीमान सुब्बाले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

सरकारले उद्धारका लागि प्राप्त रकम एकद्वार प्रणाली मार्फत संकलन थालेको छ । सोही अनुसार कर्पोरेट हाउसहरूले सहयोगको कदम अगाडि बढाइरहेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय