राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गण्डकी प्रदेशमा आफ्नो पार्टीका २ सदस्य निर्णायक रहेको बताएका छन्।

राप्रपा स्याङ्जाको ७ औं जिल्ला अधिवेशनको सोमबार पुतलीबजारमा उदघाटन गर्दै अध्यक्ष लिङ्देनले अफर आउदैमा आफुखुशी सरकारमा नजान सुझाए। अन्य प्रदेशमा भएका सरकार परिवर्तनपछि उत्पन्न परिस्थितिबारे अध्यक्ष लिङ्देलले भने ‘गण्डकीमा २ सिट निर्णायक छ। पार्टीभित्र गहन छलफल र बहस हुन्छ, पार्टीले निर्णय गर्छ, आफुखुशी खसी बाख्रा झै बेचिने सुबिधा उहाँहरुलाई छैंन।’ जेनजी विद्रोहपछि ठूला उपलब्धि हासिल भएको दाबी गरिएतापनि व्यावहारिक रूपमा जनताले त्यसको अनुभूति गर्न नपाएको अध्यक्ष लिङदेलले टिप्पणी गरे। प्राकृतिक रुपमा विपत्ती भए झैं राजनीतिक अवस्था पनि त्यस्तै अवस्थामा रहेको जनाउदै मुलुक अहिले गम्भीर भूराजनीतिक चक्रमा फसेको लिङ्देनले दाबी गरे।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय