काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सहिद तथा घाइतेहरूले देखेका हरेक सपना पूरा गर्न वर्तमान सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएकी छन्।

जेनजी सहिद दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गौतमले सरकार सफा नियतका साथ आएको र सहिद तथा घाइतेहरूले देखेका हरेक सपना पूरा गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताइन्। उनले आन्दोलनपछि जनताले लोकतान्त्रिक विधि र पद्धति प्रयोग गरेर नयाँ नेतृत्व चुनेको उल्लेख गर्दै जनताका साथमा सरका रहेको बताइन्।

वर्तमान सरकार गठन भएदेखि अहिलेसम्म काम गरेको अवधि साढे चारदेखि पाँच महिना मात्र भएकाले धेरै संरचना बुझ्न र मिलाउन समय लागेको उनले बताइन्।

मन्त्री गौतमले प्रतिनिधि सभामा करिब दुई-तिहाइको संख्या भए पनि कानुन निर्माणका लागि राष्ट्रिय सभाबाट पनि पारित हुनुपर्ने र राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्ने कानुनी व्यवस्था रहेकाले सहज नभएको बताइन्। राष्ट्रिय सभा तथा अन्य संरचनाहरूमा कसले सहयोग गरिरहेको छ वा छैन भन्ने कुरा जनताले प्रत्यक्ष मूल्यांकन गरिरहेको उनको भनाइ छ।

उनले जनताको धैर्यताको बाँध फुट्ने अवस्था बुझ्न सकिने भए पनि जनतालाई जत्तिकै पीडा सरकारमा रहेकाहरूलाई पनि रहेको बताइन्। मन्त्री गौतमले अहिले आपसमा लड्ने र दोषारोपण गर्ने गर्दा विरोधीहरूले खेल्ने ठाउँ पाउने भएकाले सबै एकजुट भई धैर्य र साहसका साथ अघि बढ्न आग्रह गरिन्।

भदौ २३ गते युवाहरूमाथि गोली हानिएको, दमन भएको र उनीहरूले ज्यान गुमाउनुपरेको हुँदा २३ गते र २४ गतेको घटनालाई एउटै आँखाले हेर्न नमिल्ने उनको भनाइ छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय