अन्तर्राष्ट्रिय अनलाइन मिडिया The Grayzone ले नेपालका वर्तमान प्रधानमन्त्री बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) का सभापति रवि लामिछाने तथा अन्य केही प्रभावशाली नेताहरू अमेरिकी सरकारद्वारा वित्तपोषित संस्था NED (National Endowment for Democracy) र CEPPS सँग जोडिएका कार्यक्रममार्फत राजनीतिक रूपमा अघि बढाइएको दाबी गरेको छ।
रिपोर्टमा सार्वजनिक गरिएका भनिएका कागजातहरूमा बालेन शाह, रवि लामिछाने, सागर ढकाल र गृहमन्त्री सुदन गुरुङलाई “युवा नेतृत्व” का रूपमा प्रशिक्षण तथा सहयोग प्रदान गर्ने योजना उल्लेख रहेको दाबी गरिएको छ। The Grayzone का अनुसार यिनै कार्यक्रमहरूले नेपालमा नयाँ राजनीतिक शक्तिको उदयमा भूमिका खेलेका थिए।
रिपोर्टले सन् २०२५ मा भएको राजनीतिक परिवर्तन र त्यसपछि बनेको वर्तमान नेतृत्वमाथि पनि प्रश्न उठाएको छ। साथै हालैको विनाशकारी पहिरोपछि उद्धार, राहत वितरण र विदेशी सहयोग व्यवस्थापनमा सरकारको भूमिकामाथि आलोचना बढिरहेको सन्दर्भलाई समेत रिपोर्टले जोडेको छ।





