कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज मनाईदैछ । आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखिँदैछ।
यसरी ल्याइएको भाँडाकुँडामा कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा गरिन्छ। यसरी पूजाआराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दूको धार्मिक विश्वास छ।
आजको दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशी जस्ता नामले समेत चिनिन्छ। गरगहना र तामाका भाँडाकुँडा किन्ने उत्तम दिन मानिन्छ । धनतेरसमा गरगहना र भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भएर बस्छिन भन्ने मान्यता छ ।






