काठमाडौँ । बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता: सञ्चार कानुन र जिम्मेवार पत्रकारिताको नारा सहित नेपाल पत्रकार महासङ्घको राष्ट्रिय सम्मेलन आज बाट सुरु भएको छ।
कार्यक्रममा महासङ्घकी अध्यक्ष निर्मला शर्माले सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा सङ्कुचन आएको आरोप लगाएकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गेटसम्म पनि पत्रकारहरू जान नपाउने अवस्था रहेको उनको जिकिर छ ।







