काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक लम्बिँदा प्रतिनिधिसभाको बैठक प्रभावित भएको भन्दै व्यंग्य गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले निर्धारित समयमा प्रतिनिधिसभाको बैठक सुरु हुन नसकेको विषयलाई लिएर रास्वपाप्रति कटाक्ष गरेका हुन् ।
‘रास्वपा पार्टीको बैठक लम्बिएको कारण आज १ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक १:४२ भइसक्दा समेत केही सुरसार छैन ! हामी यस्तै त हो नि हौ ब्रो’ साम्पाङले लेखेका छन् ।






