सदस्य सचिव कटुवालले धादिङमा सोमबार तथा नुवाकोट र रसुवामा बुधबार (७ असोज) वडा अधिवेशन हुने जानकारी आएको बताए ।
निर्वाचन समितिका अनुसार कांग्रेसको १५ औं महाधिवेशनमा नौ लाख २५ हजारबढी क्रियाशील सदस्यहरूले भाग लिँदै छन् ।
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज (शनिबार) ३५ जिल्लाहरूमा वडा अधिवेशन भइरहेको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ७७ मध्ये ३५ जिल्लामा वडा अधिवेशन भइरहेको जनाएको छ ।
समितिका सदस्य सचिव राजु कटुवालका अनुसार ३९ जिल्लाहरूमा आइतबार वडा अधिवेशन हुने छ ।
उनले भोटेकोशी नदीको बाढीबाट प्रभावित तीन जिल्लामा सोमबार र बुधबार वडा अधिवेशन हुने जानकारी दिए ।