नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिन नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता हुने भएको छ।।
केन्द्रीय निर्वाचन समितिले जारीगरेको सूचना अनुसार निर्वाचनसम्बन्धी प्रक्रिया आजदेखि सुरु हुन लागेको हो।

सोमबार बेलुका ७ हजार ११४ जना मतदाताको अन्तिम नामावली प्रकाशन गरेको समितिले आज बिहान १०:३० बजेसम्म दाबी विरोधको समय निर्धारण गरेको छ। यसैगरी अन्तिम नामावली बिहान ११ :३० बजे प्रकाशन गरिने जनाएको छ।निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आज बिहान १० बजेबाट मनोनयन फारम वितरण गरिने बताए। उम्मेदवारी मनोनयनपत्र दर्ताका लागि बिहान १२:३० देखि दिउँसो ४ बजेसम्मको समय तोकिएको छ।

आज उम्मेदवारको नामावली प्रकाशन भएपछि बुधबार उम्मेदवारी फिर्ता लिने र अन्तिम नामावली प्रकाशनको प्रक्रिया पूरा गरी असोज २२ गते बिहान देखि मतदान सुरु हुने कांग्रेसले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय