दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–५ तामाकोसीनजिकै भागे खोलामा मृत फेला परेका आमाछोराको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार मृतक मेलुङ गाउँपालिका–१ भंगेरीकी ३० वर्षीया आशा बस्नेत खड्का र उनका १० वर्षीय छोरा आदित्य खड्का हुन् । उनीहरू मंगलबार खोलामा जरामा बेरिएको अवस्थामा मृत फेला परेका थिए ।

प्रहरीका अनुसार आमाछोरा गत असोज २३ गतेदेखि काठमाडौंमा सम्पर्कविहीन भएका थिए । उनीहरू काठमाडौंमै बस्दै आएका थिए । आशाका श्रीमान् वैदेशिक रोजगारीबाट असोज २१ गते नेपाल फर्किएका थिए । त्यसको दुई दिनपछि आशा र उनका छोरा सम्पर्कविहीन बनेका थिए ।

घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धानका लागि आशाका श्रीमान्लाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले उनको नाम भने सार्वजनिक गरेको छैन ।

घटनाको कारण र परिस्थितिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय